

धादिङ । हिमालयन हेल्थ केयर नेपालले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ।
बुधबार एक कार्यक्रमका बिच सामाजिक संस्था हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणी बस्नेतले गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो।
विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक उच्च पहाडी क्षेत्रको विकट वस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन एम्बुलेन्स उपलब्ध गराईएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो।
आगामी दिनमा गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण पनि सहयोग गरिने उहाँको भनाई छ।
गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले सडक सञ्जाल र एम्बुलेन्स नहुँदा वर्षमा ५० पटक भन्दा बढी हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल लाने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘पोहोरसम्म सडक थिएन, पुल नहुँदा गाडी चल्न सक्ने थिएन। यो वर्ष धादिङबेसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण पनि भएको छ’, तामाङले भने–‘अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स संचालन हुँदा स्थानीयले राहत महशुस गर्नेछन्।’
एम्बुलेन्स संचालनको लागि छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले जानकारी दिनुभयो।
एम्बुलेन्स रुवीभ्याली आधारभुत अस्पतालले सञ्चालन गर्ने छ।
मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीका स्थानीय पनि एम्बुलेन्स पाएसँगै खुसी भएका छन् ।जेनतेन सवारी चल्न सुरु गरेको रुवीभ्यालीमा एम्बुलेन्स संचालनमा आएपछि बिरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ।
सडक सञ्जाल नहुँदा रुवीभ्यालीबाट सदरमुकाम धादिङबेसी आउजाउ गर्न तीनदेखि चार दिन पैदल हिँड्नुपर्छ।
हेर्नुहोस् भिडियो………..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |