

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्धारा मलेसिया ५ विकेटले पराजित भएको छ ।
मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जोराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
यसअघि ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ १० मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए ।
प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।
नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |