

धादिङ । प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ।
संघको दोस्रो जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रकुमारी ढकाल, उपसचिवमा माधव गुरुङ र सदस्यहरुमा सिर्जना अधिकारी, गायत्री खतिवडा, उदय सामरी र बद्री अधिकारीलाई निर्वाचित गरेको छ।
यसैगरी सम्मेलनको अवसरमा प्रगतिशील लेखक संघ बागमती प्रदेशले धादिङका दुईजना प्रगतिशील लेखक तथा साहित्यकारलाई सम्मान गरेको छ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु निवासी उत्तम कँडेल र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी इन्द्रकुमारी ढकाललाई सम्मान गरिएको हो ।
‘जोखिमका पाइला’ पुस्तक लेखेर माओवादी युद्धमा आफूले भोगेका अनुभव लेखेका उत्तम कँडेल २०३२ सालमा विद्यार्थी राजनीतिमा लागेपछि राजनीतिक आन्दोलन र सामाजिक अभियानहरुमा जनताको पक्षमा लागेका कँडेल जिल्ला विकास समितिका पूर्व उपसभापति, नेकपा माले, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदै हाल १० वर्षदेखि पार्टी राजनीति छाडेर स्वतन्त्र बसेका छन् । उनका श्रीमती र २ छोरीहरु छन् ।
यसैगरी बाल्यकालमा दाजुले लेखेर फालेको कापी हेरेर चित्त बुझाएका इन्द्रकुमारी ढकाल अनुभवका विश्वविद्यालय सरह भएका ढकालले अँध्यारोभित्रको दियो कविता सङ्ग्रह प्रकाशन गरेका छन् । अनौपचारिक शिक्षाबाट चेतना छरेको र आफ्ना अनुभव र भोगाइहरु कविता मार्फत प्रस्तुत गर्नुभएकोले सम्मान गरिएको आयोजकको तर्फबाट सिर्जना अर्यालले बताउनुभयो ।
संघको बागमती प्रदेश अध्यक्ष डा. हरी सिलवाल र उपाध्यक्ष बैरागी जेठाले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |