

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ ।
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत दुई हजार ६ सय ६७ मिटर लम्बाइ रहेको मुख्य सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो ।
आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ ।
सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो ।
सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा-सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |