

धादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ ।
सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो ।
घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर घटनास्थल पुगेको धुनिवेशी नगरपालिका–६ का वडा अध्यक्ष रमेश आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कविताको घर बचाउन सकिएन । तर सँगै रहेका अन्य घरहरुमा भने क्षति हुन पाएन, बचाउन सकियो । दमकल नपुगेको भए अन्य घरहरुमा पनि ठूलो क्षति पुग्ने रहेछ ।’
आगलागीबाट घरमा रहेको ६ मुरी धान, ६ मुरी मकै, तीन मुरी कोदो, एक मुरी तोरी, लत्ताकपडा लगायतका सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।
पिडित परिवारलाई केही दिनको लागि पुग्ने खाद्यान्न सामाग्रीहरु दिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।तस्विर अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |