

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक–२ नलाङले हात पारेको छ ।
आज भएको फाइनलमा सिद्धलेक-३ सलाङको मनकामना समाज सुधार युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिद्धलेक–२ नलाङले उपाधि जितेको हो।
नयाँ बर्ष २०८१ को पावन अवसरमा सिद्धलेक वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबद्धारा आयोजित वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै सिद्धलेक–२ ले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ।

उपविजेता मनकामना समाज सुधारले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा साईनिङ स्पोर्टस क्लबलाई हराउँदै आरुघाट–१ गोरखाले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।

सिद्धलेक–२ का सन्जित थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको वेस्ट स्पाइकर मनकामनाका निशान त्रिखत्री, वेस्ट वलकर सिद्धलेक–२ का सितल गुरुङ भए भने वेस्ट लिप्टर सिद्धलेक–२ का शम्भु अर्याल र बेस्ट सर्भर आरुघाट–१ गोरखाका सुकेश गुरुङ घोषित भएका छन्।



प्रतियोगितामा धादिङ र गोरखाका १० वटा टिमहरुको सहभागिता थियो।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण बागमती कलमको आधिकारीक फेसबुक पेजबाट गरिएको थियो ।
मनकामना समाज सुधार युवा क्लबका अध्यक्ष भिम बहादुर थापा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता, वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामी, वडा नं ५ का वडा अध्यक्ष बुधे घले, भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक) लगाएतको विशेष आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा प्रतियोगिताको लागि सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |