

धादिङ । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक युवक युवा फेला परेका छन्।नेत्रावती डवजोङ गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।
निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिनुभयो । घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको तामाङले बताउनुभयो ।
उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् ।हाल घाइते गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको मनिष तामाङले बताउनुभयो ।
घटना बारे अनुसन्धान भइ रहेको र अनुसन्धानपछि मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |