

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गंगाजमुना गाउँपालिका–४ का अपाङ्गता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वको टोलिले गंगाजमुना–४ की अस्मीता थापा र धनमाया वाँडालाई शनिबार घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
दुबैजनालाई राष्ट्रिय परिचयपत्रको लागि विवरण समेत दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर समेत उपलब्ध गराईएको छ।
नागरिकता लगायतका सेवालाई नागरिकको पहुँचमा सरल र छिटो ढंगले पु¥याउने उद्धेश्यले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै सेवा दिएको र यसलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
जिल्लाका अन्य स्थानमा अशक्त र अपांगता भएका सेवाग्राहीहरू रहेको पाईए त्यस्ता सेवाग्राहीलाई समेत यथाशीघ्र सेवा उपलब्ध गराईने उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |