

धादिङ। धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ ।
भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौ तर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो ।
केमिकलहरु एक आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताउनुभयो ।
गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवै तर्फी सवारी रोकिएको छ ।
धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकोले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |