

कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा नेपाल ४ विकेटले विजयी भएको छ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।
नेपालका तर्फबाट कप्तान रोहितले ५४ बलमा ११२, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन, कुशल भुर्तेलले १२ बलमा १६ र कुशल मल्लले १५ बलमा १६ रनको योगदान दिए।
वेस्ट इन्डिजका तर्फबाट बलिङमा ओवेड मकाइले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट, म्याथ्यु फोर्डले २ विकेट र किमो पलले एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाहुना टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन जोडेको थियो। जसमा कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन, केसी कार्टीले २० बलमा ३८ रन जोडेका थिए।
नेपालका तर्फबाट कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान पौडेलले एक/एक विकेट लिए।
टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |