

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ ।
खनियाबास गाउँपालिका-४ र नेत्रावती डबजोङ-१ जोड्ने किन्ताङफेदी (किन्ताङखोला) मा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको सिङ्गल बेली ब्रिजको सोमबार संघीय सांसद रामनाथ अधिकारी र प्रधानसेनापती प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन् गर्नुभएको छ ।

नेपाली सेनाको प्राविधिक सहयोग, नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोग तथा खनियावास र नेत्रावती डबजोङ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको फुटपाथसहितको एकतर्फी सवारी चल्ने ३० टन क्षमताको चाईनिज मेटालिक हाईब्रिड बेलिब्रिजको उद्घाटन गरिएको हो ।

गत असोज १२ गते शिलान्यास भएसँगै कुल १ करोड १० लाख लागतमा नेपाली सेनाको १४ नम्बर बाहिनि अड्डाको प्राविधिक सहयोगमा निमार्ण सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद रामनाथ अधिकारीले उत्तरी धादिङलाई जोड्न अझै २ ओटा पुल बनाउन आग्रह गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली सेनाका महारथी प्रभुराम शर्माले जनताका लागि काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

पुल निर्माणकोे खर्च सुरुमा खनियाबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँ पालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाबासका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।

खनियाबासका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा संविधानसभा सदस्य पुष्प विक्रम मल्ल, पूर्वमन्त्री दिलमान पाख्रिन, प्रदेश सांसद डम्बर बहादुर तामाङ, गोविन्द लम्साल,बिभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगाएतको सहभागिता थियो ।

यो उत्तरी धादिङलाई जिल्ला सदरमुकाम धादिङबेशी जोड्ने मुख्य मार्ग हो ।
यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाबास र नेत्रावती डबजोङ गाउँपालिकासँगै नुवाकोटको किस्पाङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेशीसँग जोड्नेछ ।

पुल नहुँदा बर्खाको समय सवारी आवतजावत बन्द हुने गरेकोमा खोलामा बेलिब्रिज निर्माण भएपछि उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्।
सडक खन्न सुरु गरेको झण्डै चार दशकपछि निर्माण भएको यो पुलले उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको स्थानियले बताएका छन् ।
पुल बनेपछि अब वर्षाको समयमा पनि झार्लाङसम्म सवारिसाधन संचालन हुनेछ।
हेर्नुहोस् भिडियो……….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |