

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ ।
टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल टी-२० विश्वकप क्रिकेटको समूह ‘डी’ मा छ ।
यो समूहमा नेपालसँगै बङ्गलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् ।
नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |