

धादिङ । राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेको विभेदको विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घोष गरेको छ ।
स्थानीय तहको सरकारले गर्ने सरुवा, अनाधिकृत रुपमा माग बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने जस्ता क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकोले यस्तो हर्कत रोक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, उपाध्यक्ष भवानी दाहाल, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र ईटनी लगायतले सम्बोधन गर्दै कानुन विपरितका क्रियाकलाप नगर्न आग्रह गर्नुभयो ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत हक हित पूरा गर्दै सुखि नेपाली समृद्ध नेपालको राष्ट्रिय लक्ष्य पूरा गर्न स्थाई सरकार कर्मचारी लाग्नु पर्ने बताईएको छ ।
पेशागत दक्षताका लागि संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रममाको नेपाल निजामती कर्मचारी संगठन, नेपाल जनस्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्र सेवक वहुद्देसिय सहकारी संस्थाले धादिङबेसिमा आयोजना गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |