

धादिङ। रियालिटी शो “द पोएट आइडल”को दोस्रो सिजन अन्तिम चरणमा आइपुगेको छ ।आइडलको फाइनल राउन्डमा चार जना कविहरुको प्रवेश भइसकेको छ ।
धादिङ स्थायी घर भएकी मेडिकल डाक्टर मुस्कान पोखरेल, इलामका विजय लुइँटेल, सिक्किमका सिमियोङ सुकिता राई र कैलालीका मोहित जोशी अन्तिम चारमा पुगेका छन् ।
धादिङकी डा.पोखरेल जितको पर्खाइमा छिन् । उनको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ । अन्तिम चारमा पुगेकी उनको अबको जितको निर्धारण भने भोटिङले गर्ने छ ।
मुस्कानको उत्कृष्ट सिर्जनाले गर्दा अहिले उनलाई जिताउन देशबिदेशबाट लागिपरेका छन् ।मुस्कानले आफुलाई अत्याधिक भोट हालेर बिजय गराउन समस्त स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेकी छन् ।
मुस्कान पोखरेललाई भोट गर्न आफ्नो मोबाईलमा ओएसआर कनेक्ट एप डाउनलोड गरी द पोएट आईडल थिचेर त्यसमा मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ–सेवाबाट पनि भोट गर्न सकिन्छ ।
विजेताले नगद १० लाख रुपैयाँ र कविता कृति प्रकाशनको सम्झौता प्राप्त गर्ने छन् ।तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |