

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा बेरुजु शुन्य देखिएको छ ।
महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरको ७५३ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
प्रतिवेदन अनुसार जिल्लाको अन्य पालिकाहरुको बेरुजु फछ्यौटमा गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३ रहेको छ।
त्यस्तै रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालमुखी गाउँपालिकाको ३ दशमलव ०४ रहेको छ भने थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ र धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षको प्रतिवेदनले देखाएको छ ।
तीन वटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित उक्त प्रतिवेदन महालेखा परीक्षक कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्षको बेरुजु करिब २३.२८ प्रतिशतले बढेको छ ।
कुन पालिकाको बेरुजु कति हेर्नुहोस् सुचि :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |