

धादिङ । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ धादिङ शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ।
पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता सुद्धीकरणको नाममा क्रियाशील पत्रकारहरूको सदस्यता हटाएको र श्रमजीवि पत्रकारहरुको हुर्मत लिने प्रयास गरेको भन्दै सोमबार जिल्लाका तिनवटा संस्थाहरूले तालाबन्दी गरेको हो ।
प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
जिल्लामा क्रियाशील चार वटै संगठनहरुको सहमतिसहित जिल्ला शाखाले सिफारिस गरेर पठाएको नाम गलत र अवैज्ञानिक ढंगबाट हेरफेर गरी केन्द्रिय समितिले गैर पत्रकारहरुको नाम स्वीकृत गरी पठाएको विरोधमा तीन वटै संगठनले संयुक्त रुपमा ताला लगाएका हुन् ।
‘नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सिफारिस नगरेको तर अमुक राजनैतिक दल विशेषको सिफारिसमा प्रदेश समिति र केन्द्रिय समितिले सदस्यता स्वीकृत गरी गलत बाटोबाट गरेको त्रुटिपूर्ण निर्णयको हामी घोर भत्र्सना गर्दै यस्तो गलत निर्णय तत्काल सच्याउन केन्द्रीय समितिसमक्ष जोडदार माग गर्दछौं’, संयुक्त प्रेस विज्ञप्ती भनिएको छ ।
‘महासंघ केन्द्रीय समिति आफैले तयार गरेको शुद्धीकरण मापदण्डको खिल्ली उडाउँदै गरेको पक्षपाती निर्णयको घोर भत्र्सना गर्दै उक्त निर्णय हामीलाई कुनै पनि हालतमा मान्य नभएको जानकारी गराउँदछौं ।’ विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारितामा क्रियाशिल नरहेका व्यक्तिको सदस्यता स्वीकृत गरेको तर पूर्णकालीन पत्रकारिता गर्नेको नाम सूचीबाट हटाएको उनीहरुको आरोप छ ।त्रुटिपूर्ण निर्णय नसच्चिए सम्म पत्रकार अधिवेशन, निर्वाचन लगायतका कुनै पनि कार्यक्रम अगाडी बढ्न नदिने चेतावनी समेत दिएका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |