

धादिङ । निलकण्ठ नगरपालिका वडा नं १३ मा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ ।
आईतबार मनरुपी माविमा भएको वडास्तरीय अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम नीलकण्ठ-१३ का वडाध्यक्ष सोम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत पुरुषोत्तम सुवेदीले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा नगरपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो ।
नगरपालिका भित्रका वडालाई बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घर,घर, टोल टोलमा बालमैत्री व्यवहार अबलम्बन गरि बालबालिकाहरुको बाल अधिकार र शैक्षिक उपलब्धि र संस्कारयुक्त शिक्षा केन्र्दित अभियानमा लागि परेको बताउनुभयो।

सुवेदीले बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित, सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति , योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारको भएकोले नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको लागि अभियानकै रुपमा संचालन गर्न लागिएको बताउनुभयो ।
जनप्रतिनिधि, वडामा कार्यरत, कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि आयोजित बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा बाल अिधकार अभियान्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा निलकण्ठ नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला केसिले नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनु भयो ।

वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, बिद्यालय प्रधानाध्यापकहरु,विद्यालय व्यवस्थापन समितका अध्यक्षहरु ,स्वास्थ्य संस्था प्रमुख , सहकारीका प्रतिनिधिहरु , महिला समुह,बालक्लब संञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको सहभागीता थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |