

अबको तीन दिनसम्म गर्मी उच्च हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ ।पानी पर्नेक्रम घटेसँगै पहाडी क्षेत्रमा पनि तापक्रम बढ्दो क्रममा छ ।
काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेला बेला पानी र सर्वत तथा फलफूलको जुस पिउन मौसमविद्को सुझाव छ।
नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेपनि ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |