

धार्के । विश्व वातावरण दिवसको आवसरमा गोपी कृष्ण खाद्य उद्योग प्रा.लि.ले वृक्षारोपण कार्यक्रम गरेको छ।
थाक्रे गाउपालिका ८ मा रहेको गोपी कृष्ण खाद्य उद्योग प्रा.लि.ले बिभिन्न विद्यालयमा वृक्षारोपण गरेको हो । बुधबार थाक्रे ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयको परिसरमा कागतीका बिरुवाहरु रोपिएको छ।
वृक्षारोपण कार्यक्रमको सुरु गर्दै थाक्रे ८ का वडा अध्यक्ष प्रेम बहादुर थापाले अब वडा बाट पनि कागतीका बिरुवाहरु केहि समय पछी वितरण गर्ने बताउनु भयो।
यस्ता फलफुलहरुका बिरुवा हरु रोप्दा वातावरण पनि राम्रो हुने बाँझो रहेको बारी पनि राम्रो र फालेपछि आम्दानीको स्रोत बन्ने बताउदै अब बाँझो भएका सम्पूर्ण बारिहरुमा बिरुवाहरु रोप्न वडावासीहरुलाई आग्रह गर्नु भयो।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्जिब गजुरेलले पनि गोपी कृष्ण खाद्य उद्योग प्रा.लि.को सहयोगमा रोपिएको यी कागतीका बिरुवाहरु राम्रोसँग हेरविचार गरि हुर्काउने र विद्यार्थीहरुलाई पनि भोलिका दिनहरुमा यस्ता काममा अग्रसर गराउने बताउनुभयो।
कार्यक्रममा आयोजक प्रा.लि.का संचालक हेमकान्त पराजुलीले आफ्नै स्वदेशी फलफूलहरु लगाएत खानालाइ प्रेरित गर्ने आफ्नो ठाउमा रहेका बाँझो जग्गालाई प्रयोगमा लेराउने र स्वदेशमै रोजगारीको शृजना गराउनको निम्ति यस्तो सचेतना मुलक कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
आफ्नै ठाउँमा प्रसस्त सम्भावना रहेकोले यस्ता कृषिमा काम गर्नुपर्ने पराजुलीको भनाइ छ।
साथै उहाँले विद्यार्थीहरुको लागि अक्षय कोषको पनि स्थापना गर्नको लागि आफ्नो तर्फबाट र ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयको प्रिन्सिपल सन्जिब गजुरेल बाट रकम छुट्टाइएको बताउनुभयो।
शिक्षा र कृषि हातमा हात मिलाउने,विद्यार्थी हौ हामी भविष्यको चित्र सजाउने भन्ने नाराको साथ् गरिएको कार्यक्रम जनकल्याण आधारभूत विद्यालयमा पनि गरिएको छ उक्त विद्यालयमा पनि कागतीका बिरुवाहरु रोपिएको छ।
बिरुवा लेराइ रोप्नको लागि सहयोग गरिदिएको भन्दै विद्यालयका प्रध्यानाध्यापक नानीराम थापाले धन्यवाद दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका ,विद्यार्थीहरु ,स्थानिय ,गोपी कृष्ण खाद्य उद्योग प्रा.लि.का व्यक्तित्वहरुको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |