

गुम्दी । गंगाजमुना गाउँपालिकाले वडा स्तरीय बाल क्लब संजाल क्षमता विकास तथा पुर्नगठन प्रक्रियालाई निरन्तरता दिएको छ।
यसैक्रममा मंगलबार गाउँपालिकाको वडा नं ३ र ४ वडा स्तरीय बालक्लब संजालका पदाधिकारीको क्षमता विकास गरि वडा स्तरीय बालक्लब संञ्जाल गठन गरिएको छ।
कल्याण मावि गुम्दीमा भएको कार्यशालामा सम्बन्धित वडा भित्र बालक्लब संञ्जाल तथा बिद्यालयमा गठित बालक्लवका पदधिकारी सहभागी थिए ।नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रूपमा आत्मसात गरेको छ ।
बालसमूह गठन तथा परिचालन निर्देशिका २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम वडा नं ३ र ४ वडा स्तरीय संञ्जाल गठन गरिएको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा भट्टले बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको सूचक नं ४१ स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनुपर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालभेला तथा वडा स्तरीय बालक्लल गठन र परिचालनलाई महत्व दिएको भट्टले बताउनुभयो ।
बालबालिकाहरुको भेला भई आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न ,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि गाउँपालिकाले वडा बालभेला गरि वडास्तरीय संजाल निर्माण कार्यलाई प्राथमिकता राखिएको भट्टले बताउनुभयो ।
बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्नुको साथै बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने पनि बताउनुभयो ।
बालक्लबका पदधिकारीहरुको नेतृत्व विकास कार्यशालाको बाल अधिकार अभियन्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |