

तावल । धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम मंगलबारबाट शुरु भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं १ र २ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ दिने नेतृत्व विकास तालिम शुरु भएको हो ।
तालिमको वडा नं २ का वडाध्यक्ष बल बहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।बुधबारसम्म सञ्चालन हुने तालिममा १३ जना सहभागी छन् ।
उद्घाटनमा सत्रमा शुभकामना दिनु हुँदै वडाध्यक्ष तामाङले कृषकहरुले परम्परागत खेती प्रणालीबाट अब व्यवसायिक खेती गर्न अग्रसर हुनु पर्ने बताउनुभयो ।

गाउँपालिकाले प्रयास नेपाल,धादिङसँग समन्वय र सहकार्य गरि कृषि तथा पशुपालनमा उत्पादन तथा उत्पादकत्व बढाउन कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
नेतृत्व विकास तालिममा नेता,नेतृत्व, नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम, कर्तव्य, उत्तरदायित्व, माईनुट लेखन अभ्यास, समन्वय ,सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल,धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पिन जेण्डर एसोसिएट शर्मिला गुरुङले जानकारी गराउनुभएको थियो । समुह तथा समुदाय तहमा कुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको गुरुङले बताउनु भयो ।

कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ८० वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका सहजकर्ता निशानी तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |