

स्यादुल । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले मंगलबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ।
स्यादुलमा रहेको सिकाई केन्द्रको सभाहलमा भएको सामाजिक परिक्षणमा स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयास नेपालको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखा परिक्षण गर्न सामाजिक लेखा परिक्षण गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

सामाजिक लेखापरिक्षण संस्थाको सरोकारवाला तथा लाभान्वित समुह प्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजना गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न, स्थानिय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न,संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न, मानव श्रोत र सामाजिक पुंूजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउंन र संस्था,समुदाय र सरोकारवालावीच मित्र शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण गरिएको पनि अर्यालले बताउनुभयो ।
कार्यक्रममा परियोजना संयोजक केशव सिग्देलले संस्थाले आ.ब. ०८०/०८१ मा शिक्षा बिषयगत क्षेत्र अन्तरगत शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं ६ वडाध्यक्ष टेकनाथ सिलवाल, बिद्यालयका प्रधानाध्यपकहरु, शिक्षकहरु, प्रतिनिधीहरु, बाल विकास सहजकर्ताहरु, बालक्लबका पदाधिकारीहरु, बालक्लब फोकल शिक्षहरु,बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र लक्षित समुदायका व्यक्तिहरुको उपस्थिति रहेको बेनिघाटरोराङ गाउँपालिका स्यादुलबाट प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेलले जानकारी दिनुभयो ।

पत्रकार महासंघ धादिङका सदस्य अनिल नेपालीले सहजिकरण गर्नुभएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट पार्नु भएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |