

धादिङ । सदरमुकाम धादिङबेशीमा १५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा सोमबार धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३८ महिला र ११४ पुरुष गरी १५२ जना रक्तदान गरेका लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङका प्रथम उपाध्यक्ष विक्रम विकले बागमती कलमलाई जानकारी दिनुभयो।
गर्मी मौसममा बढ्न सक्ने संक्रामक रोगका कारण हुन सक्ने रोगका अभावलाई परिपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण ढकाल (शिशिर) ले बताउनुभयो ।
आफ्नो ४२औं जन्मोत्सव रहेको र संस्थाले पनि सोमबार नै रक्तदान कार्यक्रम आयोजना गरेकोले रक्तदान कार्यक्रममा लागेको खर्च ढकाल आफैले व्यहोर्नु भएको हो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |