

शिवदल गण गजुरी धादिङबाट एक सय तीन जना दिक्षित भएका छन् ।बुधबार दिक्षान्त समारोह विच तालिममा सहभागी नेपाली सेनाका सिपाहीहरुलाई दिक्षित गरिएको हो ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज पुरा गरेका सिपाहीहरुलाई श्री न.६ वाहिनी अड्डाका वाहिनी पति सहायक रथी रोज प्रताप जबाराले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको थियो।
उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न आग्रह गर्नुभयो ।
गणका सेनानी हेमप्रसाद सिवाकोटीले कवाज प्रमुखको हैसियतमा अन्तिम दलेल कवाज गराउनुभयो।
१० महिनासम्म भएको तालिममा एक सय तीन जना सहभागीहरुलाई हतियार चलाउने देखि सैनिकलाई आवश्यक सम्पूर्ण सीप सिकाइएको छ ।
३० माघ ०७७ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको शिव दल गण समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यवहारिक र सैद्धान्तिक लगायत विभिन्न कार्यमा उत्कृष्ट भएका सिपाहीहरू तालिमको फायरिङ्ग विधातर्फ प्रथम भएका सिपाही विराज पुन, दौड विधातर्फ प्रथम सिपाही निशान बि.क, बाधापार विधातर्फ प्रथम सिपाही निराज सिंह, ड्रिल विधातर्फ प्रथम सिपाही क्षितिज राना र कमाण्डान्ट एण्ड मोटिभेसनल अवार्ड प्राप्त गर्न सफल सिपाहीलाई पुरस्कृत समेत गरिएको छ ।
तालिमको दौरान सैद्धान्तिक र ब्यवहारिक दुवैतर्फी सर्वोत्कृष्ठ नतिजा हासिल गरी प्रथम भएका सिपाही विजय रानालाई प्रमुख अतिथिले वीरताको चिनो खुकुरी एवम् मायाको चिनो मोमेन्टो प्रदान गरेका छन् ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्वल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबिर लगाएर बधाई दिएका थिए ।
समारोहमा श्री शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की जिल्ला स्थित विभिन्न कार्यालयहरुका कार्यालय प्रमुख लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।तस्विर:अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |