

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाकाका शिक्षकहरुका लागि बालमैत्री कक्षा शिक्षण सम्बन्धी क्षमता विकास तालीम शुरु भएको छ।
गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङको वडा नम्बर ६,८ र १० का १९ सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम आईतवारबाट धादिङबेसीमा शुरु भएको हो ।
तालिमको उद्घाटन गर्नुहुदैँ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक)ले सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरुको शैक्षिक सुधारको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको बताउनुभयो ।
गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा ,राखेर योजनाबद्ध रुपमा काम काम गरिरहेको बताउनुभयो ।

शिक्षकहरुको बालमैत्री शिक्षण पद्धति सम्बन्धी क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलव्धी बृद्धिमा सहयोग पुर्याउन ३ दिने तालीम गरिएको हो ।
सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग कक्षा शिक्षकहरुको भुमिका उत्तरदायित्व, कक्षामा गर्नुपर्ने क्रियाकलाप ,विधी लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका निमित्त कार्यकारी निर्देशक केशव सिग्देलले जानकारी दिनुभयो ।
बिद्यालय उमेरका बालबालिकाहरुको शैक्षिक सुधारका लागि गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका बिद्यालयहरुमा बालमैत्री वातावरण सिर्जनामा थप प्रभावकारी बनाउन तालिमले सहयोग पुग्ने शिक्षा अधिकारी बोधराज पाठकले बताउनुभयो ।
प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर चाइल्ड फण्ड जापानको साझेदारीमा आगामी ४ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनुभयो ।

बालमैत्री कक्षा शिक्षण को तालिम ३ चरणमा संचालन हुनेछ ।
आईतवारबाट शुरु भएको पहिलो चरणको तालिममा वडा नम्बर ६,८ र १० भित्रका राष्ट्रिय मावि, कोस्राङ आवि, कालिका मावि, जलदेवी आवि, राष्ट्रिय आवि, पञ्चकन्या मावि र पदमचौर आविका गरी ३३ जना शिक्षकहरू सहभागी छन्।
तालीममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि, प्रक्रिया, क्रियाकलाप, आवश्यक सामाग्री लगायतका बिषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गर्नु हुनेछ ।
बालमैत्री शिक्षण तालिम श्रावण ८ गते मंगलबारसम्म संचालन हुने प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |