

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नं ३ बृचेतमा गठित समुहलाई बचत तथा ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि २ दिने बचत तथा ऋण व्यवस्थापन तालिम सञ्चालन गरेको हो।

बुधबार र बिहिबार भएको तालिममा २३ जना सहभागी थिए ।
तालिममा समुहमा बचतको महत्त्व, बचत संकलन , आम्दानी र खर्च अभिलेख , ऋण लगानी ,पासबुक , बचत तथा ऋण परिचालन सम्बन्धि निति , नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार , घुम्ती कोष परिचालन र पुर्व सहकारी शिक्षा लगायतका बिषयमा सहजकर्ता सन्तोष सत्यालले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे ।

खनियाबास गाउँपालिकामा ३२ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन,बजारीकरण र लैगिकताको क्षेत्रमा कार्य गरिरहेको बृचेतबाट लक्ष्मी सुनारले जानकारी दिनुभयो ।
कृषक समुहका सदस्यहरुको क्षमता विकास , जलवायु कृषि तथा पशुपालन सम्बन्धि पाठशाला , समुहमा लैगिक समावेशीकरण प्रबर्द्धन , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उदेश्यले खनियावास र गंगाजमुनामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |