

मृत्यु दर्ता भइसकेका २३ जनालाई पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिएको पाईएको छ।
गाउँपालिकाले वडा नम्बर–१ र २ मा एकरएक जना, वडा नम्बर–३ मा चार जना, वडा नम्बर–४ मा पाँच जना, वडा नम्बर–५ मा पाँच जना, वडा नम्बर–७ मा तीन जना र वडा नम्बर–८ मा चार जना गरी २३ जनाको खातामा सामाजिक सुरक्षा भत्ता पठाएको पाईएको हो ।
उनीहरूको खातामा एक लाख ३९ हजार दुई सय ४७ रुपैयाँ भुक्तानी भएको छ ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा ऐन बमोजिम सामाजिक सुरक्षा पाउँदै आएका व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख छ ।
तर पालिकाले आफैँले मृत्यु दर्ता गरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता रकम खातामा पठाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले मृत्यु भइसकेका नागरिकको खातामा पठाएको रकम असुल गर्नुपर्ने भन्दै आफू भर्खर मात्रै पालिकामा आएको र मृतकको नाममा रकम गएको भए असुल उपर हुने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |