

इन्धनको मुल्य घटेको छ ।
नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ।
नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ६३ रुपैयाँ पर्छ ।
सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको एक सय ५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा एक सय ५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा एक सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |