

धादिङबेसी । धादिङबेसीमा जेण्डर च्याप्पियनहरुको लागि सञ्चालित तालिम सम्पन्न भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना र खनियाबास गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत ७ गतेबाट सुरु भएको ४ दिने तालिम बुधबार सम्पन्न भएको हो ।
तालिममा गंगाजमुना र खनियावास गाउँपालिकाको प्रत्येक वडाबाट दुईदुई जना गरि २४ जना,दुबै पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख २ जना ,प्रयास नेपालका कर्मचारी समेत गरी ३४ जना सहभागी रहेको प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ जानकारी दिनुभयो ।

तालिममा लैङ्गिक समानताको अवधारणा, सामाजिक समावेशीकरणको अवधारणा, लैगिंक विश्लेषण र यसका चुनौतीहरु, लैगिंक हिंसा र यसका प्रकार, लैङ्गिक असमानता, लैगिंक विभेद र यौन दुव्र्यवहार, र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण सम्बन्धी कानूनी व्यवस्था, लैगिक हिंसा निवारण सम्बन्धी स्थानिय सरोकारवाला पहिचान, समन्वय र सम्पर्क,जेन्डर च्याम्पियनको भुमिका र जिम्मेवारी, भूमिका निर्वाह गर्दा गर्न हुने र नहुने कामहरु लगायतका बिषयमा सहजकर्ता शोविता परियारले सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका लक्ष्मी सुनारले जानकारी दिनुभयो ।

तालिम समापन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, उपाध्यक्ष उषा बिक, कोषाध्यक्ष बिपिना थापा मगर,कार्यकारी निर्देशक दामोदर अर्याल,आड्रा नेपालको लैगिक सुरक्षण अधिकृत करुणा बराल, परियोजना तथा परियोजनामा लैगिंकताका सवालहरु र यसमा लैगिंक च्याम्पियनहरुको भुमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।

लैगिंकताका सवालहरुमा सहकार्य गर्न गाउँपालिका तयार रहेको र हरेक कार्यक्रम तयारी चरण देखि कार्यक्रम गर्दा गाउँपालिकासँग समन्वय हुँदा सँगसँगै मिलेर काम गर्न सकिने खनियाबास र गंगाजमुना गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरु प्रतिमा भट्ट र सन्ध्या उपाध्ययले बताउनुभयो ।
लैगिक च्याम्पियन तालिमले आफुहरुमा लैगिक सवाल, भेदभाव ,हिंसा तथा नेपालको कानुनी तथा सामाजिक बिभेदीकरणका मुद्दाहरुमा क्षमता बृद्धि भएको गंगाजमुना गाउँपालिका वडा नंं. १ ताजिम्राङका शान्ति कल्लोहार, गंगाजमुना गाउँपालिका वडा ७ का सुनिता आलेमगर र खनियावास गाउँपालिका वडा नं १ फेन्हुका सुमिना तामाङले बताउनुभयो ।
आफुहरुमा तालिमबाट धेरै ज्ञान, सीप विकास भएको र सिकेका ज्ञान, सीपलाई समूह तथा समुदायका जनचेतना फैलाउनु भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् ।

शान्ति सुनिता र सुमिना मात्रै हैन खनियाबास र गंगाजमुना गाउँपालिकाका हरेक वडाबाट तालिममा सहभागीहरु भएका महिलाहरुले धेरै ज्ञान तथा सीप हासिल गरेको र सिकेका बिषय बस्तुहरु गाउँका समूह तथा समुदायमा बिस्तार गर्ने योजना रहेको बताएका छन् ।
तालिम पछि २४ जना लैगिंक च्याम्पियनहरु ८० वटा समूह लगायत समुदायमा लैगिक तथा सामाजिक समावेशीकरणको सचेतना तथा वकालत र पैरवी गरि घरपरिवार तथा समुदायमा र सम्बन्धित सरोकारवालाहरुमा लैगिकताका सवालमा साझा बुझाइ तथा सकारात्मक सोच अभिबृद्धि गर्नमा परिचालन गरिने प्रयास नेपालका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |