

धादिङ । जिल्ला अदालत धादिङले एक जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ ।
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई मंसिर ५ गते जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले करणी मुद्दालाई बालविवाहमा परिणत गरी कसुर ठहर गरेको हो ।
कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ दफा १७३ को १ बमोजिम एक वर्ष ६ महिना कैद गरी १५ हजार जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
बालिकालाई ०८१ वैशाख १३ र १४ गते बलात्कार गरेको आरोप लगाइ पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जेठ २० गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा मुलुकी अपराध संहिता २०७४ दफा २१९ को ३ ख अनुसार जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्दामा जिल्ला अदालतका न्यायधिस गोपाल प्रसाद बास्तोलाको जेठ २१ गतेको इजलासले आरोपित तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए ।
पीडितको वैशाख २९ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।
जिल्ला अदालतले गरेको फैसलामा ०८१ वैशाख १९ गते साथीको घरमा गएकी पीडित बालिकाले कसुरदारसंग विवाह गरेकोले र फोटो समेत विवाहको भएको तथा बालिका वयस्कतर्फ उन्मुख भएकोले बलात्कार नभई बालविवाह भएको ठहर गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |