

धादिङ । महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिल कुमारी तिवारी चयन हुनुभएको छ ।
धादिबेशीमा सोमबार भएको संजालको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

नयाँ कार्यसमितीको उपाध्यक्षमा दुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल, सहसचिवमा रविना पौडेल र कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भगवती अर्याल, शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा, हरिमाया शाही, आरती शाह , सीता रिजाल (अपंगता क्षेत्र) र स्नेहा श्रेष्ठ(युवाको क्षेत्र) चयन हुनुभएको छ ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्लाभर बाटनै प्रतिनिधित्व गरि आएका महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |