

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट २७ अर्ब ४१ करोड २८ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।
गत साउन, भदौ र असोज महिनामा नेपालले उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।
भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख ५४ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ। उक्त मुल्यमा ६ करोड २४ लाख १९ हजार ७६७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।
सोही समयमा नेपालले ९ अर्ब ९७ करोड २ लाख १५ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । उक्त मुल्यमा ५ करोड ८४ लाख ४९ हजार ७२१ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ ।
यस्तै बितेको तीन महिनामा ३ अर्ब ४० करोड १७ लाख ९९ हजार रुपैयाँको १ करोड ६२ लाख ९१ हजार ४६३ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ अर्ब ९२ करोड २८ लाख ८७ हजार रुपैयाँ कमको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ३९ अर्ब ३३ करोड ५७ लाख ५६ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |