

धादिङ । नीलकण्ठ नगरपालिकामा नगर स्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ ।
मंगलबार सम्पन्न बालभेलाले तानिया परियारको अध्यक्षतामा २१ सदस्यीय निलकण्ठ नगरपालिका स्तरीय बालक्ल संञ्जाल गठन गरेको हो ।

जसको उपाध्यक्षमा सुमन नेपाल, सचिवमा निगेश श्रेष्ठ, सह सचिव पुजन गुरुङ र कोषाध्यक्षमा सञ्जिवनी पोखरेल चयन हुनुभएको छ ।नगरपालिकाको १४ वटै वडाबाट छानिएर आएका बालक्लबका प्रतिनिधिहरुको उपस्थितिमा बालक्लब सञ्जाल गठन गरिएको हो ।

वडा नं ३ स्तरिय बाल सञ्जालकी अध्यक्ष सारा तामाङको अध्यक्षता तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यमा भएको भेलामा नगर उपप्रमुख दिपक बिश्वकर्मा , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, नगरपालिकाका महिला बालबालिका शाखाका निर्मला केसी लगायतको बिशेष उपस्थिति रहेको थियो।

भेलाले बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गर्ने, बाल क्लवलाई नेतृत्व विकास तालिम दिने, बालश्रमिकको तथ्यांक संकलन गर्ने, बाल क्लवलाई भित्ते पत्रिका सम्बन्धी तालिम दिने र हरेक विद्यालयमा खेलकुद सामाग्री खरिद गर्ने लगायतका बालबालिकाहरूको प्राथामिकताहरु तयार गरी नीलकण्ठ नगर कार्यपालिका र नगर प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
भेलामा बालक्लब र बालक्लब संजाल गठन तथा संचालन सम्बन्धी कार्यविधि,लक्ष्य, कार्यविधिको उद्देश्य,बालक्लब गठनको उद्देश्य,बालक्लब संजाल गठनको उद्देश्य,बालक्लब तथा बालक्लब संजाल सम्बन्धी व्यवस्था, बालक्लब तथा बालक्लब संञ्जालको संरचना,बालक्लब गठन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियोे।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |