Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

दिगो विकास र सम्बृद्धिको सपना पुरा गर्न मैदानमा इन्जिनियर गजेन्द्र थपलिया

  • बागमती कलम
  • ९२७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
दिगो विकास र सम्बृद्धिको सपना पुरा गर्न मैदानमा इन्जिनियर गजेन्द्र थपलिया

केशव अधिकारी
धादिङ,१४ कात्तिक ।
गजेन्द्र्रप्रसाद थपलिया : पेशाले आर्किटेक इन्जिनियर हुन । भवन, पुल जस्ता संरचनाको नक्सा तयार पार्ने काममा पोख्त गजेन्द्र यति बेला जनमत लिएर दिगो विकास र सम्वृद्धिको स्थायी नक्सा कोर्न चुनावी मैदानमा उत्रिनुभएको छ ।

धेरै वटा भवन र पुलको नक्सा कोर्नुभएका गजेन्द्रको सांसद बनेर जनताको बिचमा विकासको नक्सा कोर्ने सपना बोकेर चुनावी मैदानमा उत्रनु भएको हो । आंफुले स्पष्ट मार्गचित्र जनताका बिचमा पेश गरेकाले संसदीय राजनीति को नक्सा अनुमोदन हुनेमा इन्जिनियर थपलिया विश्वस्त हुनुहुन्छ ।

धादिङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेले इन्जिनियर थपलियालाई उम्मेदवार बनाएको छ । थपलिया २०३३ साल असार २७ गते धादिङको कुम्पुरमा जन्मिनुभएको हो । उहाँले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्रमा गजुरी, सिद्धलेक र बेनिघाटरोराङ गाउँपालिका कम्युनिष्टहरुको बाहुल्यता रहेको क्षेत्र पनि हो ।

त्रिशूली नदीको तिरदेखि महाभारत पर्वत श्रृङ्खलाको शिरसम्म फैलिएर रहेको यस निर्वाचन क्षेत्रबाट २०७४ मा नेकपा माओावादीका नेता शालिकराम जमकट्टेलले बाम गठबन्धनको साझा उम्मेदवार भएर चुनाव जित्नुभएको थियो । प्रदेशको आन्तरिक मामिला मन्त्री हुंदै आर्थिक मामिला मन्त्री समेत बनेका जमकट्टेल दोश्रो पटक प्रदेश सभा पसेर मुख्य मन्त्री बन्ने दाउमा हुनुहुन्छ । जमकट्टेललाई मैदानमा रोक्न इन्जिनियर थपलियालाई एमालेले अघि बढाएको छ ।

भवन र पुलको नक्सा कोर्ने हातमा डायरी बोकेर गाउँ पसेका इन्जिनियर थपलिया विना तडक भडक गाउँमा पुगेर नागरिकका कुरा मसिनो संग सुन्दै, विकासका गतिविधि नियाल्दै, दिगो विकासका चुनौतीहरुको लेखाजोखा गर्दै आफ्नै संसदीय राजनीति को यात्राको नक्सा बनाउन मतदाताका बिच पुग्नु भएकोछ ।

विकास कसरी गर्नेभन्ने स्पष्ट खाका जनतालाई बुझाउँदै मतदाताको घर पुग्नुभएका थपलिया प्रधानमन्त्री केपि ओली प्रधानमन्त्री हुँदा विकाससलाहकारका रुपमा काम गरिसक्नु भएको छ ।

उहाँको योजनामा धादिङ लगायतका दशभरका तुइन विस्थापन सम्भव भएको हो । सस्टेनेवल डेभलपमेण्ट इन्जिनियरिङ, राजनीति शास्त्र, समाजशास्त्र लगायतका तीनवटा बिषयमा स्नातकोत्तर तहको पढाई पुरा गरेका थपलियाले आदर्श मावि गजुरी धादिङबाट २०५० सालमा एसएलसी उत्तिर्ण गर्नुभएको छ ।

बिद्यालयको पढाई सकेर थप उच्च शिक्षाका लागि धादिङबाट काठमाण्डौं पुग्नुभएका थपलिया २०४६ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालको जनआन्दोलनका क्रममा गजुरी बजारदेखि मलेखुसम्म भएको बिशाल जनप्रदर्शनमा सहभागी भएर राजनितीक यात्राको पाईला अघि बढाउँदै नेतृत्व गर्नुभएको छ ।

आदर्श मावि गजुरीमा पढ्दै गर्दा २०४८ सालमा अनेरास्ववियुको सदस्यता पाएका थपलियाले त्यसपछिका दिनमा आफ्नो पढाई र राजनीति क्षेत्रको जिम्मेवारीलाई संगसंगै अघि बढाउनुभयो । सानै उमेरदेखि वामपन्थी राजनितीका अग्रजहरुको संगतले आंफु पनि कम्युनिष्ट बनेर देशमा जनताको पक्षमा लाग्नु भएको हो ।

बिद्यार्थी राजनीतिसंगै २०४८, २०४९ र २०५१ सालको निर्वाचनमा चुनाव प्रचार प्रसारमा सांस्कृतिक टिमको सदस्य बनेर गाउँ गाउँमा पुगी चेतनामुलक प्रहसन, गीत संगीत मार्फत भोट मागेर नेकपा एमालेको पक्षमा जनलहर ल्याउन सहयोग पु¥याउनु भएको थियो ।
काठमाण्डौं प्रवेश गरेपछि २०५१ सालमा अस्कल क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य बन्नुभयो ।

अस्कल पछि थापाथली इन्जिनियरिङ क्याम्पसमा पढ्न शुरु गर्नुभएका थपलियाले २०५५ मा सोही क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारी पाउनुभएको थियो । २०५६ मा थापाथली क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष हुनुभयो । थपलिया २०५७ मा भएको स्ववियुको निर्वाचनमा सहभागि हुनुभयो ।

बिद्यार्थी राजनीतिमा लामो समय बिताउनु भएका थपलिया २०५७ सालमा अनेरास्ववियु धादिङ काठमाण्डौं सम्पर्क मञ्चको सहसचिव, २०५८ मा अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी सदस्य, २०५९ सालमा अनेरास्ववियुको बागमती अञ्चल कमिटी सदस्य, २०६० मा अनेरास्ववियु बागमती अञ्चल कमिटीको शैक्षिक विभाग प्रमुख, २०६१ मा अनेरास्ववियुको १७ औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्य, २०६३ मा १८ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो ।

थपलिया २०६४ मा नेकपा एमाले प्राविधिक इलाका कमिटीको सदस्य, २०६८ मा नेकपा एमाले उपत्यका पेशागत, बुद्धिजिवी बिशेष जिल्ला कमिटी सदस्य, २०६८ मा नेपाल बुद्धिजिवी परिषद काठमाण्डौं जिल्ला कमिटीको सदस्य, २०७० मा बुद्धिजिवी परिषदको केन्द्रिय सदस्य, २०७२ मा केन्द्रिय कमिटीको सह कोषाध्यक्ष र २०७७ मा महासचिवको जिम्मेवारी बहन गर्नुभएको छ ।

२०७७ सालमा नेकपा एमाले जिल्ला कमिटीको सदस्य, २०७८ मा एमाले उपत्यका बिशेष प्रदेश कमिटी सदस्य, २०७१ देखि केन्द्रिय शहरी विकास विभाग सदस्य, नेकपा एमाले १० औं महाधिबेशन पछि शहरी विकास विभागको सचिवको जिम्मेवारीमा रहनुभएका थपलिया २०७२ मा केपि ओली प्रधानमन्त्री हुंदा प्रधानमन्त्रीको बरिष्ठ आर्थिक विकास बिज्ञको जिम्मेवारी लिएर देशभरका तुईन बिस्थापन गरी झोलुङ्गे पुल निर्माणको परिकल्पना तयार पारी प्रधानमन्त्री मार्फत देशभरका तुईन हटाउने योजना घोषणा गराई कार्यान्वयनमा सहयोग पु¥याउने मुख्य पात्र इन्जिनियर थपलिया हुनुहुन्छ ।

शुरुमा प्रचारमुखी र महत्वाकांक्षी जस्तो देखिएको तुईन हटाउने योजनाबाट देशका दुर दराजमा रहेका ठुलो संंख्याका नागरिकको दैनिक जिवनमा परिवर्तन ल्याएको थियो ।

एमाले अध्यक्ष केपि ओली दोश्रो पटक प्रधानमन्त्री भएपछि थपलियालाई प्रधानमन्त्रीको बिकास व्यवस्थापन बिज्ञको जिम्मेवारी दिईएको थियो । विकासलाई प्रचारबाजीको केन्द्र होइन “जिवन उपयोगी र दिगो” बनाउनु पर्छ भन्ने कुरामा बिश्वास राख्छन थपलिया ।
प्रधानमन्त्रीको विकास व्यवस्थापन विज्ञको जिम्मेवारीमा रहँदा बनाएका योजना अब जनताको बिचबाट कार्यान्वयन गर्न आंफुले संसदीय राजनीतिको बाटो रोजेको उहाँकोभनाइ छ ।

धादिङको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका थपलिया नेकपा माओवादीका नेता शालिकराम जमकट्टेलसंग चुनाव भिड्दैछन् । २०७४ को निर्वाचनमा बाम गठवन्धनको तर्फबाट चुनाव जितेका जमकट्टेल दोश्रो पटक प्रदेश सभा चुनाव जितेर मुख्य मन्त्री बन्ने दाउमा छन् । अघिल्लो चुनावमा जमकट्टेलको लागि भोट माग्दै गाउँ गाउँ पुगेका थपलिया अहिले आफ्नै लागि भोट मागिरहनुभएको छ। जमकट्टेल संग सत्ता गठवन्धनको साथ छ । थपलिया संग जनताको विश्वास छ ।

सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न आंफुले खेलेको भूमिकाको परिक्षणका लागि यस पटक जनताको बिचमा आएको थपलिया बताउनुहुन्छ । केन्द्रमा बसेर बनाउने नितीले जनस्तरमा कस्तो प्रभाव पारेको छ र जनताको लागि कस्तो निती बनाउनु पर्छ भनेर परिक्षण गर्नका लागि आंफुँ निति निर्माण गर्ने ठाउँमा जान जनताको बिचमा आएको थपलियाको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution