

धादिङ । सदरमुकाम धादिङवेशीमा प्रथम नीलकण्ठ मेयर फुटसल कप सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज बुधबारदेखी अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटनका क्रममा नगर प्रमुख ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै नगरपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले यस वर्षबाट सुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धादिङवेशीस्थित धादिङ फुटसल एकेडेमीमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।
प्रतियोगितामा विजयी हुनेले नगद १ लाख १ हजार १११, द्धितिय हुनेले ५१ हजार १११, तृतिय हुनेले २५ हजार र सान्त्वना हुनेले २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै सहभागी हुन पाउँछन् ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।
यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने छ ।
थप तस्विर हेर्न तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/kalambagmati/
उद्घाटन गर्दै के भने मेयर ढुंगानाले ? हेर्नुहोस् भिडियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |