

फुलखर्क । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ फुलखर्कमा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत सोमबारदेखी सुरु भएको २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा २२ वटा कृषक समुहका अगुवा र लैगिक च्याम्पियनहरुसहित २७ जना सहभागी थिए ।

परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक,एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम संचालन भएको हो।
कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक पवन प्याकुरेलले बताउनुभयो।
तालिममा समापनमा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा ,उपाध्यक्ष रामेश्वर सिम्खडा,वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारी ,आड्रा नेपालका अधिकृत दिलिपचन्द्र ढकाल ,प्रयास नेपालका फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र सात चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु लगायतका बिषयमा प्रशिक्षण भएको थियो।
योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलियाले सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता कविता सापकोटाले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |