

धादिङ । जिल्ला अनुगमन समिति धादिङले गजुरी गाउँपालिकाको विभिन्न स्वस्थ्य सस्था,होटल,किराना पसल तथा मदिरा पसलमा अनुगमन गरेको छ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी एवम अनुगमन समितिका संयोजक मोहन प्रसाद न्यौपानेको अनुगमन टोलीले गजुरीमा सञ्चालित ३ वटा स्वास्थ्य सस्था,२ वटा होटल,१ वटा किराना पसल र १ वटा मदिरा पसल गरी ७ वटा फर्ममा अनुगमन गरेको हो।
अनुगमनका क्रममा स्वास्थ मापदण्ड विपरित स्वास्थ्य सेवा संचालन गरेको भन्दै गजुरी डेन्टल किल्निक प्रा.लि. गजुरीलाई शिलबन्दी गरिएको प्रसासनले जनाएको छ।यस्तै गजुरीकै सुन्दर फर्मालाई १५ हजार जरिवाना तिराईएको छ।
अनुगमनका क्रममा व्यवसायी दर्ता, नविकरण, सरसफाई, व्यवसाय संचालन सम्बन्धी मापदण्ड लगायतका क्षेत्रको अनुगमन गरीनुका साथै कानुनी विषयमा समेत जानकारी गराइएको प्रसासनले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |