

धादिङ । धादिङको गजुरी गाउँपालिका १ गजुरीबजारमा रहेको मुनाल एकेडेमीमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।यस्तै, विद्यालयमा अध्ययनरत नर्सरी र एलकेजीका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समिति अध्यक्ष शुक्ल बहादुर उप्रेतीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धि गर्दै शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा प्रिन्सिपल रमेश कुमार श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकहरुको सकृयता र लगनशिलताको कारणले विद्यालयले फड्को मार्न सफल भएको बताउनुभयो ।
मुनाल एकेडेमी गाउँपालिकाकै उत्कृष्ट बिद्यालय रहेको भन्दै उहाँले बिद्यालयलाई अझै गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको बताएका थिए ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।
२०६१ सालमा स्थापना भएको मुनाल एकेडेमीमा हाल कक्षा १० सम्म अध्ययन हुँदै आएको छ । एकेडेमीमा ८ सय भन्दा बढि बिधार्थी अध्ययनरत रहेका छन् भने ५० जना शिक्षक अध्यापनरत छन् ।
भिडियोको लागि तलको लिकं क्लिक गर्नुहोस्
फोटोको लागि तलको लिकं क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |