

काठमाण्डौ । वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड १० दिन आंशिकरुपमा बन्द हुने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोक लगाईने छ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।
सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।
यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।
हेर्नुहोस् सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |