

धादिङ । रुवी भ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा चौँरी पालक, भेडा पालक र बाख्रा पालक किसानहरुका लागि खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम सञ्चालन गरिएको छ।
डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा सोमबारदेखी संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ।
तालिममा रुवी भ्याली क्षेत्रका चौँरी पालक, भेडा पालक र बाख्रा पालक किसानहरु सहभागि थिए ।
डिभिजन बन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको तालिम समापन समारोहमा किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् ।
लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट विर बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, एक बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समेत गठन गरिएको छ ।
तालिमको अबसरमा सहभागी किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चोँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको थियो ।
तालिमको सहजीकरण डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले गर्नुभएको थियो ।आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षण्मा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् ।
उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन बन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन बन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |