

धादिङ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ १७ देखि १९ गतेसम्म दोलखाको चरिकोटमा हुँदैछ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुने उक्त प्रतियोगितामा सहभागी हुन धादिङ जिल्ला बाट ४४ जना छात्र र ४४ जना छात्रा गरि ८८ जना खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बागमति कलमलाई जानकारी दिनुभयो।
अध्यक्ष तामाङका अनुसार धादिङबाट छात्रा/छात्रको उसु, कँराते, तेक्वान्दो , कबड्डी, भलिबल र एथ्लेटिक्सका विभिन्न बिधामा सहभागी हुँदै छन्।
जिल्ला खेलकुद विकास समितिले प्रदेश स्तरीय खेलको लागि जिल्लामा जेठ ३ गते देखि ५ गतेसम्म सदरमुकाम धादिङबेशीमा १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेको थियो।
१२ पालिका सहभागी उक्त प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।नीलकण्ठले लगातार तेस्रो पटक उपाधी जित्दै रनिङ शिल्ड आफ्नो पक्षमा पारेको हो।
प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरुलाई ट्रयाक सुट र किट प्रदान गरिने अध्यक्ष तामाङले बताउनुभयो।
यी हुन् बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागी धादिङबाट छनोट भएका खेलाडीहरु

तस्बिर : १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स अन्तर्गत दौड प्रतियोगिता





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |