

धादिङ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारदेखी १५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।
बुधबार एक भव्य समारोहबीच औपचारिक रूपमा रनिङ सिल्डको सुरुवात गरिएको हो ।
राष्ट्रपति रनिङ सिल्डमा बागमती प्रदेशबाट सहभागी धादिङको थाक्रे १० स्थित केवलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालयकी छात्रा सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिङ थ्रो मा कास्य पदक जितेकी छिन् ।
पालिका स्तरिय, जिल्ला स्तरिय हुँदै प्रदेशमा समेत स्वर्ण पदक जित्न सफल छात्रा श्रेष्ठले केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा कास्य पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो ।
जारी रनिङ शिल्ड प्रतियोगिता बागमती प्रदेशको प्रतिनिधित्व गर्दै धादिङबाट नौ जना खेलाडी सहभागी छन् ।
जसमा कबड्डि छात्र तर्फ अर्जुन तामाङ, जीवन श्रेष्ठ र रबिन श्रेष्ठ सहभागी छन् भने कबड्डि छात्रा तर्फ धना राहाडी मगर, कोपिला तामाङ र जस्मिना तामाङ सहभागी छन् ।
यस्तै एथलेटिक्स तर्फ सिर्जना श्रेष्ठ, भलिबल छात्र तर्फ मिलन गुरुङ र भलिबल छात्रा तर्फ कृषना बराम सहभागी छन् ।
सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् भने सात प्रदेशबाट गरी विभिन्न खेलका कुल ११९ प्रशिक्षक सहभागी छन्।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् ।
राष्ट्रपति रनिङ सिल्ड शुक्रबार सम्पन्न हुने छ ।१८ वर्षभन्दा कम उमेरका विद्यार्थीको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि राष्ट्रपति रनिङ सिल्डको सुरुवात भएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |