

कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिनुभयो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उहाँको आज बिहान मृत्यु भएको राईले बताउनुभयो ।
मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |