Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीद्धारा रेशु विश्वकर्मालाई छात्रवृत्ति प्रदान, स्वास्थ्यकर्मीसँगै बिभिन्न सामाजिक व्यक्तिहरु सम्मानित (तस्विरहरु)

  • बागमती कलम
  • ४८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (१0 महिना अघि)
लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीद्धारा रेशु विश्वकर्मालाई छात्रवृत्ति प्रदान, स्वास्थ्यकर्मीसँगै बिभिन्न सामाजिक व्यक्तिहरु सम्मानित (तस्विरहरु)

धादिङ । लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले जेहन्दार विद्यार्थी ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई छात्रवृत्ति प्रदान गरेको छ ।

नीलकण्ठ नगरपालिका–८ बगैँचामा रहेको जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा एचए( हेल्थ असिस्टेण्ट) दोस्रो वर्षमा अध्ययनरत छात्रा विश्वकर्मालाई २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीका अध्यक्ष विक्रम विश्वकर्माले बागमती कलमलाई जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोरका कारण छात्रा विश्वकर्माको अध्ययनमा आइपरेको कठिनाइलाई सहयोग गर्ने उद्देश्यले क्लबले धादिङ अस्पतालसँगको सहकार्यमा उक्त रकम संकलन गरी छात्रवृत्ति अनुदानको रुपमा प्रमाणपत्र सहित प्रदान गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

अध्यक्ष विश्वकर्माले भन्नुभयो,‘एचए अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं ।आशा छ, स्वास्थ्यकर्मी भएर देश र जनाताको सेवा गर्ने उहाँको सपना पुरा गर्न थोरै भए पनि मलजल हुनेछ ।’

छात्रवृत्ति पाएपछी रेशु विश्वकर्माले आफुलाई ठूलो सहयोग पुगेको बताउनुभयो । अध्ययन गर्न चाहना भएर पनि आर्थिक अवस्था कमजोरका कारण विचैमा छाड्नु पर्ने बाध्यता धेरैको रहेको भन्दै उहाँले दुख र संघर्षमा रहेको मलाई क्वलले दिएको छात्रवृत्तिले ठूलै राहत मिलेको बताउनुभएको छ ।

यसैगरी क्लवले कार्यक्रमकै अवसरमा क्लबद्धारा आयोजित बिभिन्न कार्यक्रममा विशेष योगदान गर्ने बिभिन्न स्वास्थ्यकर्मीसँगै सामाजिक व्यक्तित्वहरुलाई प्रशंशा पत्र प्रदान गरी सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा धादिङ अस्पतालका अस्पताल निर्देशक गगन अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी, रेडियोग्राफर निरीक्षक सुन्दरी मगर, मेडिकल अधिकृत सविन भण्डारी, मेडिकल अधिकृत डाक्टर पुजा बज्राचार्य, डाक्टर रामचन्द रिजाल, कृष्णलाल उप्रेती, डन्टल सर्जन डाक्टर अनिल गुरुङ, मेडिकल अधिकृत डाक्टर प्रियजन पाण्डे, स्टाफ नर्स संगिता गुरुङ, फार्मेसी सहायक पवन अर्याल, फार्मेसी सहायक सन्दिप खनाल, हेल्थ असिसटेण्ट सुजिता सिलवाल, क्वल डाइरेक्टर लायन डाक्टर अशोक छत्कुली, सामाजिक अगुवा राजाराम रिजाल, कोषाध्यक्ष लायन सुदर्शन गोम्जा, सर्भिस चियर पर्सन लायन पवित्रा लम्साल रहनुभएको छ ।

कार्यक्रमका अध्यक्ष समेत रहुनुभएका धादिङ अस्पतालका अस्पताल निर्देशक गगन अधिकारीले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगनदानको प्रशंसा गर्नुभयो ।

दुर दराजका नागरिकमा स्वास्थ्य सेवा पुर्याउने काममा धादिङ अस्पताल रहेको भन्दै डा. अधिकारीले क्लवसँग सामाजिक कार्यमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्न धादिङ अस्पताल परिवार सधैं तयार रहेको उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चिफ एममिनिस्ट्रेटर लायन जनार्दन फुयालले क्लबमा नयाँ साथीहरुलाई जोड्दै सदस्यता थपी अझै सामाजिक कार्यमा जोड दिदै क्लवलाई मजवुद बनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै डिस्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठले सामाजिक कार्यमा क्लबले निकै फड्को मारेको बताउनुभयो ।

कार्यक्रमका बिच क्लबमा नयाँ सदस्यहरु पनि थपिएका छन् । नयाँ सदस्यहरुमा क्लब डाइरेक्टर डा. अशोक छत्कुली, क्लब सदस्य हरि बहादुर सुनार, क्लब सदस्य राम बहादुर श्रेष्ठ र क्लब सदस्य अशोक वि.क. रहनुभएको छ ।

सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले विकट बस्तीमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष विक्रम विश्वकर्माले बताउनुभयो ।

क्लबले गत असारमा धादिङ अस्पतालमा आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रम जुन आ.व. २०८१/८२ मा जिल्लामा सर्वाधिक संख्या ११९ पिन्ट रक्त संकलन गर्न सफल भएको थियो ।

त्यस्तै गजुरी गाउँपालिका वडा नं. ५ स्थित भानुभक्त मा.वि.जरेबगैंचामा धादिङ अस्पतालसँग सहकार्य गर्दै क्लबले विपन्न नागरिक तथा सीमान्तीकृत समुदायलाई लक्षित गरी गत असार सञ्चालन गरेकोे निःशुल्क वृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४०१ जनाले सेवा लिएका थिए ।

कार्यक्रमको थप तस्विरहरु हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/share/p/1AywJ2ZQNA/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution