

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं.१ स्थित डुम्रेखोलादेखी वडा कार्यालयसम्मको सडक श्रमदानमार्फत सरसफाई गरिएको छ ।
बिहिबार वडाको आयोजनामा डुम्रे खोला प्रतिक्षालय चोकदेखी वडा कार्यालय सडक अन्तर्गत जल्किनी सम्मको कालोपत्रे सडकमा श्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
सार्वजनिक सरसफाई तथा सामाजिक सद्भावका लागि भएको सरसफाई कार्यक्रममा वडावासी जनसमुदाय, राजनितिक दल, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, आमा समूह, टोल विकास समिति, यूवा क्लब, स्वास्थ्य स्वयंसेविका लगायतका व्यक्तिहरु सहभागी थिए ।
यस अभियानले वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश दिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले बताउनुभयो ।
यसअघि वडाले साउन ७ गते बुधबार नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको कालोपत्रे सडक पनि श्रमदानमार्फत सरसफाई गरेको थियो ।
तस्विरहरु







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |