

धादिङबेसी । धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम आईतबारबाट शुरु भएको छ ।
तालिममा गंगाजमुना र खनियाबासका समुहबाट छनौट भई आएका अगुवा कृषक र परियोजनामा संलग्न कर्मचारीहरु समेत गरी २४ जना सहभागी रहेको प्रयास नेपालका प्रशासन तथा लजिष्टक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।
शुक्रवारसम्म संचालन हुने ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले समुदायमा बैठक र समूह पहिचान, समूह गठन र अध्ययन प्रक्रियाको जानकारी, कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव, अनुगमन, घरेलु अर्थव्यवस्था र पारिवारिक खेती, मौसम पात्रो, नगद प्रवाह र बचत, बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्तुमा सहजिकरण गर्नुहुने छ ।
यसैगरी तालिममा नक्सा, मूल्य अभिवृद्धि र मूल्य ह्रास (घट्ने) सुधार सीप, बजार भ्रमण ९स्थानीय बजार०,वार्ता र सम्झौता,सामूहिक बजार र संगठन ऐच्छिक सत्र, सहजीकरण सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तुमा समेत सहजिकरण गर्नु हुनेछ ।
तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन मार्फत उत्पादन बृद्धि र बजारीकरण सम्बन्धी ज्ञान, सिप र अनुभव प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताउनुभयो ।
पहिलो चरणमा गंगाजमुनामा ३ स्थान र खनियावासमा २ स्थानमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले बताउनुभयो ।
तालिमको उद्घाटन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, उप समिति संयोजक ईश्वरी कोईराला सहितको उपस्थिति रहेको प्रयास नेपाल धादिङका रुपेस तामाङले जानकारी दिनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |