Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

एमाले धादिङको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रतिवद्धता–पत्र

  • बागमती कलम
  • ५३४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)
एमाले धादिङको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रतिवद्धता–पत्र

(प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा १ र २)
पृष्ठभुमिः
नेपालको संविधान २०७२ जारी भएपछि सम्पन्न भएको पहिलो निर्वाचनमा यस धादिङ निर्वाचन क्षेत्र नं १ तथा प्रदेशसभा निर्वाचन १ (क) तथा २ (ख) मा तत्कालिन बाम गठवन्धनको तर्फबाट नेकपा एमाले धादिङको यस निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन १ (क) क्षेत्रमा विजय हासिल गर्न सफल भएको थियो । बदलिँदो सन्दर्भमा नेपालको वर्तमान राष्ट्रिय समस्या, देशको भौगोलिक अखण्डता, धार्मिक साँस्कृतिक एकता, आर्थिक बृद्धि र राष्ट्रियता बलियो बनाउने कार्यमा एमालेको जित अनिवार्य शर्त नै वनेको छ । एमालेका उम्मेदवारहरुलाइ प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विजयी भई राष्ट्रियता, संविधानको संरक्षण, विकास निर्माण, शुशासन, अमनचयन र स्थिरता कायम गर्न र यस १ नं. निर्वाचन क्षेत्रको समग्र विकासका लागि नेकपा एमाले मतदातहरु समक्ष निम्नलिखित प्रतिबद्धताहरु व्यक्त गर्न चाहन्छ ।

धादिङ समृद्धिको आधार
“कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधारको विकास धादिङ समृद्धिको आधार”
प्रतिबद्धता पत्र २०७९
“सुखी नेपाली समृद्ध नेपाल” हुनको लागि एमाले उम्मेदवारको जित अनिवार्य रहेको छ । यस निर्वाचनमा हामीले विगतमासंघ तथा प्रदेशबाट विनियोजित रकमबाट सम्पन्न गर्न नसकेका कार्यक्रमहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौ ।
१. कानून निर्माण/नीति निर्माण
– संघीय तथा प्रदेश सभा सदस्यको प्रमुख कार्य नीति निर्माण गर्ने रहेकोले सो कार्यमा सक्रियताका साथ भूमिका खेलिने छ ।
– सघीय तथा प्रदेश सरकार सञ्चालनको लागि चाहिने अत्यावश्यक ऐन कानुन निर्माणमा सक्रियता साथ संलग्न रहने ।
२. भौतिक पुर्वाधार
– प्रत्येक गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने सडक कालोपत्रे गर्नका लागि रकम विनियोजन गरिने छ ।
– झोलुङगे पुल आवश्यक ठाउँमा निर्माण गरिने छ ।
– प्रत्येक वडामा रहेको स्थानीय सडक ग्राभेल गर्ने तथा ती वाटाहरुमा स्थायी प्रकारको ड्रेनको विकास गर्न बजेट विनियोजन गरिने छ ।
– आवश्यक ठाउँमा पक्कि पुलको व्यवस्था गर्न बजेट विनियोजन गराइने छ ।
– पालिकाको प्रत्येक वडाको पायक पर्ने ठाउँमा सामुदायिक भवन बनाइने छ ।
– निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न सभाहल निर्माण गरिने छ ।
– जनता आवास कार्यक्रम मार्फत चेपाङ तथा गरीव जनताको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
– कालु पाण्डे राष्ट्रिय राजमार्गको दुवैतिर १५ –१५ मिटर कायम गरिने छ ।
३.शिक्षा/स्वास्थ्य
– निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाउन प्रयत्न गरिने छ ।
– प्रत्येक गाउपालिकामा डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिने छ ।
– स्वास्थ्य चौकिको आवश्यक क्षमता अभिवृद्धि गरिने छ
– हरेक पालिकामा स्नातक तह सम्मको कलेज निर्माण गर्न पहल गरिने छ ।
– प्रत्येक पालिकामा आर्युवेद तथा योग केन्द्र स्थापना गरिने छ ।
– प्रत्येक विद्यालयमा व्यवस्थित खेलकुद स्कुल, मैदान, घेरावार बनाउनको लागि बजेट विनियोजन गरिने छ ।
– प्रत्येक माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला ९क्अष्भलअभ बिद० निर्माण गरिने छ ।
– गजुरी स्थित पोलिटेक्निकल स्कुललाइ स्नातक तहसम्मको अध्यापन गर्ने व्यवस्था मिलाइने छ ।
– प्रदेश तथा संघीय निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा प्राविधिक धारको विषय अध्यापन गराउन प्राविधिक शिक्षालयको लागि बढोत्तरी गरिने छ ।
– गुरुकुल शिक्षा अध्यनको लागि आवश्यक व्यवस्था मिलाउने छ ।
– नमूना शिक्षक तालिमकेन्द्र स्थापना र संचालन गरिने छ
४ खानेपानी तथा ढल निकास
– यस निर्वाचन क्षेत्रमा रहेको प्रत्येक घरमा “एक घर एक धारा” तथा शहर तथा घना वस्ति भएको ठाउँमा ढलको व्यवस्था गर्न प्रतिवद्ध रहने छौँ।५ विद्युतिकरण तथा आधुनिक उर्जा
– राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरु गर्न निरन्तर दवाव को सृजना गरिने छ ।
– विद्युतीकरण हुन वाँकी गाउँमा विद्युतीकरण गर्ने व्यवस्था मिलाइने छ ।
– काठको पोल विस्तापित गरी फलामे पोलको लागि व्यवस्था गरिने छक ।
– विद्युतको महसुल स्थानीय वडाबाट भुक्तानी गर्ने व्यवस्था मिलाइने छ ।
– सामुदायिक विद्युतीकरणका कार्यक्रमलाई प्रोत्साहन गरिने छ।
-अव्यवस्थित रुपमा रहेको विजुलिका तार तथा पोल हटाउन तथा व्यवस्थित बनाउनको लागि सम्वन्धित निकायसंग सम्पर्क तथा समन्वयन गरिने छ ।
– आँखुखोलामा वन्ने हाइड्रो पावरहरुमा निर्वाचन क्षेत्र भित्रको वासिन्दाको लागानी सुनिश्चित गरी शेयर खरिद गर्ने व्यवस्था मिलाउने छ ।
– विद्यरतिय चुलो प्रर्वध्द्धनमा जोड दिइने छ ।
६.जलश्रोत तथा सिचाइ
– लिफ्ट सतह तथा भूमिगत सिंँचाइ, पोखरी निर्माण, कुलो तथा नहर निर्माण, मर्मतजस्ता कार्य गरी सबै कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन आवश्यक बजेट विनियोजन गराउन प्रयत्न गरिने छ ।
– स्थानीय जलाधार क्षेत्र संरक्षण, बाढी पहिरो नियन्त्रण, जल उत्पन्न सबै प्रकारका जोखिम न्यूनीकरण गर्न आवश्यक परियोजनाको निर्माण तथा आवश्यक रकम विनियोजन गर्नको लागि केन्द्र तथा प्रदेश सरकारसँग समन्वयन गरी बजेट विनियोजन गरिने छ ।

७.कृषि तथा पशुपक्षिं
– औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको बैधताका लागि कानून निर्माण गरि सुरक्षित उत्पादनका लागि कार्यक्रम ल्याइने छ ।
– कृषक क्षमता विकास, कृषि तथा पशुपन्छी सम्बन्धी तालिम सञ्चालन गर्न बजेट विनियोजन गरिने छ ।
– स्थानीय पहिचान खुल्नेगरी खास खाद्यबाली, नगदेबाली, पशुपन्क्षीको विकास मार्फत आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणको लागि पहल गरिने छ ।
– पशुपालनका लागि नस्ल सुधार, उन्नत घाँस विकास, चरिचरनको ठाउँ वा खर्क विकास गर्न आवश्यक पहल गरिने छ ।
– अर्गानिक खेतीको विकास, प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन, जलवायु परिवर्तन मैत्री कृषि प्रणालीको विकास गर्ने कार्यको थालनी को लागि आवश्य बजेट विनियोजन गर्न पहल गरिने छ ।
ड्ड एक गाउँ एक उत्पादन कार्यलाई जोड दिइ व्यवसायिक कृषि उत्पादन मार्फत रोजगारी सृजना गर्न आवश्यक योजना तथा बजेटको व्यवस्था गर्न पहल गरिने छ ।
-यस निर्वाचन क्षेत्रका सवै पालिकामा सुविधा सम्पन्न शित भण्डार ९ऋयमि क्तयचभ० निर्माण गरिने छ ।
– सामुहिक कृषि प्रणलीलाई प्रोत्साहन गरिने छ ।
८.नमुना वस्ति तथा सहरी क्षेत्रको विकास

– पालिकाको केन्द्रमा हरित शहर निर्माण गर्नको लागि आवश्यक बजेट विनियोजन गर्न प्रयत्न गरिने छ ।
– त्रिशुलि पारीका भुभागमा स्मार्ट शहर निर्माणको लागि गुरुयोजना तयार गरी कार्य सञ्चालन गरिने छ ।
– जोखिममा रहेका वस्ति तथा छरिएर रहेको वस्तिलाई एकिकृत वस्ति बनाउनको लागि पहल गरिने छ ।
९.प्रर्यटन पूर्वाधार विकास र प्रवृद्र्धन
– मनोरम स्थानहरुमा पर्यटन प्रवर्धनसेवा र आवस्यक पूर्वाधार निर्माण गरि व्यवस्थित कार्यक्रमसंचालन गरिने छ ।
– महाभारत पदमार्गको विकास र थप पूर्वाधार विकासका लागि कार्यक्रम ल्याइने छ।
– प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि, तथा मनोरञ्जन पर्यटन क्षेत्रहरूको पहिचान, प्रवर्धन, विकास र संरक्षण गर्न बजेट विनियोजन गरिने छ ।
– आवश्यक ठाउँमा बगैँचा तथा पार्कहरूको विकास तथा व्यवस्थापन गरिने छ ।
– होटल, रेष्टुरेन्ट, होमस्टे, पदयात्रा मार्ग निर्माण गरी प्रर्यटक भित्र्याउने कार्यको लागि आवश्यक नीति, कानुन निर्माण गरिने छ ।
– ऐतिहासिक मठ मन्दिर, गुम्वा, जात्रा तथा पर्वको समर्वद्धन तथा संरक्षण गर्न बजेट विनियोजन गरिने छ
– यस निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा सुविधा सम्पन्न पार्क निर्माण सम्पन्न गरी चिडियाखानाको विकास गरिने छ ।
– यस निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा धार्मिक तथा साँस्कृतिक संग्रालय निर्माण गरिने छ ।
– यस क्षेत्रमा रहेको ताल भरना तथा अन्य महत्वपुर्ण ठाउँको संरक्षण गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
१०.युवा तथा खेलकुद
– युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि प्रत्येक वडामा खेल मैदान निर्माण, कवर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था गरिने छ ।
– युवा उद्यमशीलता विकास तालिम, व्यावसायिक सिपमूलक शिक्षा र इन्टर्नसिप गर्नको लागि उद्यम स्कुलको व्यवस्था मिलाइने छ ।
– उद्यमको विकास तथा प्रबद्र्धनमा युवा परिचालन तथा प्रत्येक वार्डमा युवा केन्द्रित उद्यम व्यवसायको व्यवस्था मिलाउन नीतिगत व्यवस्था गरिने छ ।
– ”एक युवा एक रोजगार” गर्ने कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।
११.गरीवि निवारण तथा रोजगारी प्रबद्र्धन
– विपन्नलाई उत्पादनका साधन उपलब्ध गराई काम, रोजगारी र आयआर्जनको अवसर दिलाउन आवश्यक नीति निर्माण तथा आवश्यक बजेटको व्यवस्था गरिने छ।
– बेरोजगारी अवस्था अन्त गर्दै रोजगार सृजना गर्न कृषि, पशुपालन, तथा अन्य उद्योग स्थापनाको लागि आवश्यक कानुन निर्माण गरी कार्यन्वयन गर्दै रोजगारी सृजना गर्न आवश्यक पहल गरिने छ ।
– उद्यम विकासको लागि सहुलियत कर्जा उपलव्ध गराउन बैक तथा वित्तिय संस्थासँग समन्वयन गरिने छ ।
– स्वरोजगारीका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।
– संविधान प्रदत्त रोजगारीको हक स्थापित गर्दै श्रमिकहरुकोसम्मान, समान ज्याला, सामाजिक सुरक्षा, तथा स्वास्थ्य सुरक्षाका व्यवस्थित कार्यक्रम संचालन गरिने छ ।
१२.महिला समानता र सशक्तिकरण
– संविधानअन्तर्गत मौलिक हकमा उल्लेख भएका महिलाका शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक सुरक्षाका विशेष अवसरका लागि बजेट विनियोजन गरिने छ ।
– महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्न सङ्घ र प्रदेश मार्फत विशेष कार्यक्रम तथा आवश्यक बजेट विनियोज गरिने छ ।
– महिला उद्यमशीलता मार्फत् स्वरोजगारी बढाउने कार्यक्रम तय गर्ने, श्रम गर्ने महिलाको समान ज्याला, कार्यस्थलमा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउने कार्यक्रम ल्याइने छ ।
– १३.जेष्ठ नागरीक र अपांगता भएका व्यक्तिहरmको सम्वन्धमा
– सङ्घ र प्रदेश तथा स्थानीय तहको सह कार्यका मनोरञ्जन सहित डे केयरको व्यवस्था मिलाउन सहजीकरण गरिने छ ।
– सबै परिवारले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने नागरिकका लागि उपचारको समयमा झेल्नु पर्ने समस्या समाधानको लागि सहजीकरण गर्न आवश्यक कार्यविधि तथा कानुन वनाइने छ ।
– अपांगता भएका नागरीकका लागि उनीहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम निर्माण गरी कार्यन्वयन गरिने छ ।

१४.भुमि व्यवस्थापन
– यस निर्वाचन क्षेत्रमा बर्षौ देखि समस्याको रुपमा भुमि सम्वन्धि सुकुम्वासी पुर्नस्थापना समस्या समाधान अव्यवस्थित बसोवासको लागि व्यवस्था गरिने छ ।
– वास्तविक गुठी वाहेक अन्य गुठीलाई रैकर वनाइने छ र त्यसको अनुभुति आम नागरिकलाई दिलाइने छ ।

१५.कला सांस्कृतिक तथा पुरातात्तिक सम्पदा
– ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण गरिने छ ।
-मठमन्दिर, गुम्बा, चर्ज, मस्तिज धर्मशाला, पाटी पौवा, सत्तल, चौतारो, क्रियापुत्रि भवन, ऐतिहासिक सार्वजनिक धाराजस्ता सम्पदाको संरक्षण र विकास गर्न आवश्यक पहल गरिने छ।

१६. प्राकृतिक सम्पदा, वन वातावरण एवं विपद व्यवस्थापन
– वृक्षारोपण, वन संरक्षण, सामुदायिक वनको व्यवस्थापन, र निजी वनको विकासका कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गर्न प्रयत्न गरिने छ ।
– व्यवस्थित सामुदायिक बन विकास कार्यक्रम संचालन गरि उपभोत्तःाको अधिकार स्थापित गरिने छ।
– स्थानीय वनमा आधारित उद्योगका उत्पादनको उपयोगमा जोड दिइ रोजगार सृजना गर्न आवश्यक बजेट विनियोज गर्न प्रयत्न गर्ने ।
– विभिन्न प्रकारका विपद्हरूको सामना गर्न पूर्वतयारी तथा आपतकालीन उद्धार, राहत एवं पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी कार्यहरू तर्जुमा गर्नका लागि नीतिगत रुपमा व्यवस्था गरिने छ ।
– प्राकृतिक श्रोतको संरुक्षण, सम्बद्र्धन गरिने छ ।
– खालि ठाउँ तथा भुभागमा बृक्षरोपण गरी भुक्षय रोकथाम गर्ने तथा भुक्षय भएको ठाउँमा रोकथामको लागि आवश्यक आवश्यक रकम विनियोजन गरिने छ ।
१७. औद्योगीकरण
– जिल्लाको पायक पर्ने ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिने छ
– प्रत्येक पालिकामा औद्योगिक ग्राम विकास गर्न आवश्यक बजेट विनियोजन गरी स्थानिय स्तरमा रोजगारी सृजना गरिने छ ।
१८.सुचना तथा विज्ञान प्रविधि
– अप्टिकल फाइवर मार्फत पालिकाको सवै पालिकाको केन्द्र तथा घनावस्तिमा इन्टरनेटको व्यवस्था गरिने छ।
– आवश्यक सवै ठाउँमा इन्टरनेटको व्यवस्था गरिने छ।
१९.शान्ति सुरक्षा
– शान्ति सुरक्षालाई ध्यान दिदै प्रहरीचौकि नभएको साविकका गाविसमा सुविधा चौकि स्थापना गरिने छ ।

नेकपा (एमाले) राष्ट्रिय तहको निर्वाचन परिचालन कमिटीले आफ्नो तर्फबाट “सुशासन, विकास, समृध्दि र समानता पाँच वर्ष : एमालेले गर्छ” शीर्षकमा यो निर्वाचनको लागि घोषणापत्र जारी गरिसकेको छ। उक्त घोषणापत्र कृयान्वयनको लागि हामी कृत संकल्पित छौं। यो प्रतिवध्दतापत्रमा उल्लेखित कार्यक्रमहरु चालू संविधानले निर्दिष्ट गरेको कार्यक्षेत्रको बाँडफाँडमा आधारित भएर सम्पादन गर्नेछौं।

अन्तमा नेकपा एमाले पार्टीको आधिकारिक उम्मेदवारहरु प्रतिनिधिसभा १ तर्फ भुमी प्रसाद त्रिपाठी, प्रदेश सभा १ (क ) रमेश कुमार आर्चाय र प्रदेश १ (ख) मा गजेन्द्र प्रसाद थपलियालाइ सूर्य चिन्हमा मतदान गरी विजय गराउन आम मतदातामा अनुरोध गर्दछौं ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution