

धादिङ । सिद्धलेक गाउँपालिका–१ को आयोजनामा श्रमदानमार्फत सडक सरसफाई कार्यक्रम संचालन भईरहेको छ ।
भोली शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोक देखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरा देखि वडा कार्यलय हुँदै डाँडा गाँउ सम्मको सडक र चक्रपथ सडक अन्तर्गत ठुलो खोला देखि पाउनेटार, कुमालटार बेलटार सडक श्रमदानमार्फत सफा गरिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले जानकारी दिनुभयो ।
विहान ७ बजे सञ्चालन हुने सरसफाई कार्यक्रममा बागमती प्रदेशको पूर्वमुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल पनि सहभागी हुने वडा अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा सम्पूर्ण वडा नं १ का स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नागरिक समाज, आमा समूह, युवा क्लब, टोल विकास समिति, स्वास्थ्य स्वयंसेविका तथा संघ–संस्था लगायत इच्छुक महानुभावहरुलाई उपस्थितिका लागि वडा कार्यालयले आग्रह गरेको छ ।
वडा नं. १ ले निरन्तर साप्ताहिक रुपमा संचालन गर्दै आएको र यो पाँचौ पटकको श्रमदान कार्यक्रम रहेको वडा अध्यक्ष लामाले बताउनुभयो । श्रमदानले वडा भित्र सरसफाई र एकता बढाउन योगदान गर्ने उहाँको भनाई छ ।
अभियान मार्फत वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश पनि दिने वडा अध्यक्ष लामाले बताउनुभयो । फाईल तस्विर
वडा कार्यालयद्धारा जारी सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |