

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ हुने भएको छ ।
सिद्धलेक–१, नयाँबस्तीको म्हेन्दोमाया युवा समाजको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा वडा नं १ को बाँजोगरा खेल मैदानमा पहिलोपटक ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता हुने भएको हो ।
आगामी असोज ६ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख (१,००,००) नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार (५०,०००) नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीले रु १५,००० प्राप्त गर्ने व्यवस्था आयोजकले जनाएको छ ।
‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन,समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको NKUYC,सिद्धलेक गाउँपालिका–१, कालिदहले सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता असोज ३ गतेसम्म खुला गरिएको छ भने दर्ता शुल्क रु दश हजार तोकिएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले तोकिएको समयमै दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
प्रतियोगिताबारे जानकारीको लागि
सम्पर्क नं. ९८५१२७७४२२, ९७६३२४०६७४, ८८४०७२३०३५, २७६३६८५१५५, ९८६३२०८७०७






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |