

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत सरसफाई भईरहेको छ ।
शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोक देखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरा देखि वडा कार्यालय हुँदै डाँडा गाँउ सम्मको सडक र चक्रपथ सडक अन्तर्गत ठुलो खोला देखि पाउनेटार, कुमालटार बेलटार सडक श्रमदानमार्फत सफा गरिएको वडा नं १ का वडा अध्यक्ष पेमा वाङग्याल लामाले जानकारी दिनुभयो ।

शुक्रबारको सरसफाई कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, वडा न ५ वडा अध्यक्ष बुद्ध घले, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ, माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा सिद्धलेकका सह इन्चार्ज बुद्ध गुरुङ,माओवादी केन्द्र सिद्धलेक गाउपालिका कमिटी अध्यक्ष सम्झ्ना पण्डित, झम्क परियार, माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटी नै सहभागी भएको वडा अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नागरिक समाज, आमा समूह, युवा क्लब, टोल विकास समिति, स्वास्थ्य स्वयंसेविका पनि सहभागी भएका थिए ।
क्रमदान कार्यक्रममा पूर्वमुख्यमन्त्री जमकट्टेलले स्थानीय स्तरमा वडाले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“सरसफाई अभियानले समाजमा सहकार्य, एकता र विकासको आधार तयार गर्छ । यसप्रकारको अभियानले वडालाई नमूना बनाउन ठूलो सहयोग पुर्याउनेछ ।”
पूर्वमुख्यमन्त्री जमकट्टेलले निरन्तर श्रमदान कार्यक्रम संचालन गर्दै आएकोमा वडा अध्यक्ष पेमा वाङग्याल लामा र सम्पूर्ण स्थानीयलाई धन्यवाद दिनुहुँदै यस अभियानलाई अझै प्रभावकारी बनाउन सबैलाई आग्रह गर्नुभयो ।

वडाले निरन्तर साप्ताहिक रुपमा (हरेक शुक्रबार) संचालन गर्दै आएको र यो पाँचौ पटकको श्रमदान कार्यक्रम रहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।
श्रमदानले वडा भित्र सरसफाई र एकता बढाउन योगदान गर्ने उहाँको भनाई छ ।अभियान मार्फत वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश पनि दिने वडा अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रमका तस्विरहरु हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/19vbfqqZ4Q/
कार्यक्रमको भिडियोको लागी तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |